अक्षरको आकार
काठमाडौं महानगरपालिकाले घरबाटै फोहोर छुट्याउने नियम कडाइका साथ लागू गर्ने भएको छ। कुहिने र नकुहिने फोहोर नछुट्याई राखेमा जरिवाना गरिने महानगरले जनाएको छ।
महानगरका अनुसार दैनिक करिब एक हजार टन फोहोर संकलन हुन्छ, जसमध्ये आधाभन्दा बढी कुहिने खालको हुन्छ। स्रोतमै छुट्याउन सके ल्यान्डफिल साइटमाथिको चाप घट्ने अपेक्षा छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।