अक्षरको आकार
असोज महिनाको बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार तराईका पाँच जिल्लामा उल्लेख्य क्षति भएको छ।
काट्ने तयारीमा रहेको धान लडेपछि किसान मारमा परेका छन्। भिजेको धानको गुणस्तर घट्ने र मूल्य नपाइने किसानको गुनासो छ।
मन्त्रालयले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ। बालीबीमा गरेका किसानलाई क्षतिपूर्ति दिने प्रक्रिया सुरु गरिने भएको छ।

चौतारीमा छलफल(२)
हरिबहादुर थारू
हाम्रो गाउँमा काट्न लागेको धान सबै लड्यो। बीमा गरेकाले मात्र केही पाउलान्, नगर्नेले के गर्ने?
सुशीला चौधरी
बालीबीमाको प्रक्रिया नै जटिल छ। सरल बनाए धेरै किसानले गर्थे।