अक्षरको आकार
कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको थोक मूल्य बढेको छ। वर्षाका कारण आपूर्ति घटेपछि मूल्यमा दबाब परेको व्यापारीहरू बताउँछन्।
बजार विकास समितिका अनुसार गोलभेँडा, काउली र हरियो सागको मूल्य उल्लेख्य बढेको छ। भारतबाट आयात बढेपछि केही दिनमै मूल्य स्थिर हुने अनुमान छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।