अक्षरको आकार
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा केन्द्र निर्धारणमा नयाँ मापदण्ड लागू गर्ने भएको छ। विद्यार्थीले दुई घण्टाभन्दा बढी यात्रा गर्नु नपर्ने गरी केन्द्र तोक्न निर्देशन दिइएको छ।
दुर्गम क्षेत्रका विद्यार्थीले परीक्षा दिन टाढा जानुपर्ने गुनासोपछि बोर्डले यो निर्णय गरेको हो। नयाँ मापदण्डअनुसार थप एक सय केन्द्र थपिने अनुमान छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।