अक्षरको आकार
राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा दुई शून्य गोल अन्तरले जित हासिल गरेको छ। दशरथ रंगशालामा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएका थिए।
प्रशिक्षकका अनुसार आगामी छनोट खेलअघिको तयारीका रूपमा यो खेल खेलिएको थियो। रक्षापंक्तिको प्रदर्शन सन्तोषजनक रहेको उनले बताए।
खेल हेर्न रंगशाला खचाखच भरिएको थियो। समर्थकहरूले खेल सुरु हुनुअघि नै टिकट सकिएको गुनासो गरेका थिए।

चौतारीमा छलफल(२)
सागर लिम्बू
रक्षापंक्ति साँच्चै सुधारिएको देखियो। तर आक्रमणमा अझै धेरै काम बाँकी छ।
बिकल्प जोशी
टिकट अनलाइन बिक्री गर्ने व्यवस्था कहिले हुन्छ? लाइनमा बस्दा बस्दै सकिन्छ।