अक्षरको आकार
मलेसियामा नेपाली श्रमिकको भर्ना प्रक्रिया पुनः सुरु भएको छ। दुवै देशबीच भएको श्रम सम्झौता संशोधनपछि प्रक्रिया खुलेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार रोजगारदाताले नै टिकट, भिसा र स्वास्थ्य परीक्षण शुल्क बेहोर्नुपर्ने व्यवस्था कायमै छ।
श्रमिकहरूले भने बिचौलियामार्फत अझै अतिरिक्त रकम असुलिने गरेको गुनासो गरेका छन्। मन्त्रालयले अनुगमन कडा पार्ने जनाएको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।