अक्षरको आकार
पोखरा महानगरपालिकाले फेवातालको सरसफाइ अभियान सुरु गरेको छ। अभियानमा स्थानीय क्लब, विद्यालय र होटेल व्यवसायी सहभागी भएका छन्।
महानगरका अनुसार तालमा मिसिने ढल नियन्त्रण गर्न नयाँ प्रशोधन केन्द्र निर्माणको तयारी भइरहेको छ। तालको पानीको गुणस्तर मापन नियमित गरिने भएको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।