अक्षरको आकार
हिमताल विस्फोटको जोखिम बढेको छ, हिउँ पर्ने समय सर्दै गएको छ, र चरन क्षेत्र सुक्दै छ। यी परिवर्तनको प्रत्यक्ष मार हिमाली समुदायले खेपिरहेका छन्।
विडम्बना के हो भने विश्वव्यापी उत्सर्जनमा यी समुदायको भूमिका नगण्य छ। जलवायु न्यायको बहस यहीँबाट सुरु हुनुपर्छ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आवाज उठाएको छ, तर घरेलु तयारी कमजोर छ। अनुकूलन योजना कागजमा सीमित नरहून्।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।