अक्षरको आकार
विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयका पाँच नयाँ भवन हस्तान्तरण गरेको छ। भूकम्प प्रतिरोधी मापदण्डअनुसार निर्माण गरिएका भवनमा करिब दुई हजार विद्यार्थी अटाउनेछन्।
महानगरका अनुसार आगामी वर्ष थप सात विद्यालयमा भवन निर्माण सुरु हुनेछ। पुस्तकालय र विज्ञान प्रयोगशालासमेत निर्माण गरिने भएको छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।