अक्षरको आकार
शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलानको प्रक्रिया सुरु गरेको छ। विद्यार्थी संख्या घटेका विद्यालयका शिक्षक अन्यत्र सारिने भएको छ।
मन्त्रालयका अनुसार देशभर करिब तीन हजार शिक्षक दरबन्दी मिलान गर्नुपर्ने अवस्था छ। शिक्षक संगठनहरूले भने प्रक्रिया पारदर्शी हुनुपर्ने माग गरेका छन्।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।