अक्षरको आकार
सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बालुवाटारमा बसेको बैठकले लामो समयदेखि रिक्त रहेका मन्त्रालयको भागबन्डासम्बन्धी खाका तयार पारेको छ। बैठकमा प्रधानमन्त्रीसहित गठबन्धनका चार दलका अध्यक्ष सहभागी थिए।
स्रोतका अनुसार भौतिक पूर्वाधार, कृषि र सञ्चार मन्त्रालयको जिम्मेवारी आगामी साताभित्र टुंग्याइनेछ। दलहरूबीच नाम सिफारिसको प्रक्रिया भने अझै बाँकी छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।