अक्षरको आकार
मधेश प्रदेश सभाले प्रदेश शिक्षा विधेयक बहुमतले पारित गरेको छ। विधेयकमा विद्यालय शिक्षाको व्यवस्थापन, शिक्षक दरबन्दी मिलान र प्राविधिक शिक्षाको विस्तारसम्बन्धी व्यवस्था छ।
प्रतिपक्षले भने विधेयकले स्थानीय तहको अधिकारमा हस्तक्षेप गर्ने भन्दै संशोधन दर्ता गराएको थियो। अधिकांश संशोधन अस्वीकृत भएका थिए।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।