अक्षरको आकार
कर्णाली प्रदेशका चार जिल्लामा वर्षाका कारण अवरुद्ध सडक खुलाउने काम तीव्र भएको छ। प्रदेश पूर्वाधार विकास कार्यालयका अनुसार डोजरसहितको टोली खटाइएको छ।
जुम्ला, हुम्ला र मुगुका केही ग्रामीण सडक अझै अवरुद्ध छन्। स्थानीयवासीले खाद्यान्न ढुवानीमा कठिनाइ भइरहेको बताएका छन्।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।