अक्षरको आकार
ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार भइरहेको छ। ग्रामीण दूरसञ्चार विकास कोषबाट सञ्चालित आयोजनाअन्तर्गत चार सय पालिकामा फाइबर सञ्जाल पुगेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार विद्यालय र स्वास्थ्य संस्थालाई प्राथमिकतामा राखिएको छ। तर सञ्चालन र मर्मतको जिम्मेवारी अस्पष्ट रहेको स्थानीय तहको गुनासो छ।

चौतारीमा छलफल(०)
पहिलो टिप्पणी तपाईंले गर्नुहोस्।